कोशीका मुख्यमन्त्री थापाविरुद्ध रिट खतिवडा र माथेमाको टेवलमा

कोशीका मुख्यमन्त्री थापाविरुद्ध रिट खतिवडा र माथेमाको टेवलमा

काठमाडौं : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दाको सुवाइ आज हुदैछ।  

मुख्यमन्त्री थापाले विश्वासको मत लिदा अपनाएको विधि संविधान विपरित भएको भन्दै एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले भदौ ६ गते  दिएको रिट निवेदनको सुनुवाइको पेसि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ।

यसअघि भदौ ७ गते मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दे न्यायाधीश  खतिवडाले विश्वासको मत लिने प्रक्रिया नमिलेको बताउदै  विश्वासको मत लिँदाको सक्कल फाइल झिक्न आदेश दिएका थिए।

एमालेले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएका छन्।

भदौ १५, २०८० शुक्रबार ११:३१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।