सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

काठमाडौं : शुक्रबारबाट उत्तरी तातोपानी नाका सर्वसाधारणका लागि खुला गरिएको छ। 

चिनियाँ अधिकारी र नेपाली अधिकारीहरूबीच भएको सहमति अनुसार नाका सञ्चालनमा आएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए।

उनका अनुसार  दुवै देशका नागरिकले आवतजावतका लागि पास पाउनेछन्। नेपालीका लागि उक्त पास कोदारीस्थित अध्यागमन विभागले जारी गर्छ।

जिल्लाभित्रका नागरिकले पाउने पासको अवधि एक वर्ष हुनेछ। नाकामार्फत आवतजावत गर्नेहरुलाई तोकिएको ठाउँभन्दा अन्य ठाउँमा जान नपाइने सिडिओ न्यौपानेले जानकारी दिए।

२०७२ सालको भुकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिबाट मालवाहक सवारीको आवात जावत खुलेको थियो। मानिस आवत जावत भने खुल्न सकेको थिएन।

यात्रु आवात जावत खुलेसँगै सो नाकाबाट हुने व्यापारमा थप सुधार हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल आगामी असोज ५ गते चीन भ्रमणमा जाने कार्यक्रम छ।

भदौ १५, २०८० शुक्रबार १०:५६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।