सुक्खा पहिरो खस्दा गोरखा–आँबुखैरेनी सडक अवरुद्ध

सुक्खा पहिरो खस्दा गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
फाइल फोटो

गोरखा : पहिरोले गोरखा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ। गोरखा नगरपालिका–१४ को मझुवा देउरालीस्थित प्रहरी चौकी नजिकैको उकालोमा आज बिहान सुक्खा पहिरो खसेको हो।

पहिरोका कारण गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधन बाटोमै थन्किएका छन्।

पहिरो खसेपछि यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको र सुक्खा पहिरो पन्छाउन समय लाग्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले बताए।

भदौ १५, २०८० शुक्रबार १०:५५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।