काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा भोलि ८ घण्टा विद्युत् अवरूद्ध हुने

काठमाण्डौ र ललितपुरका यी क्षेत्रमा भोलि ८ घण्टा विद्युत् अवरूद्ध हुने

काठमाडौं :  काठमाण्डौ र ललितपुरका विभिन्न क्षेत्रमा भोलि साढे ८ घन्टा विद्युत् अवरूद्ध हुने भएको छ। 

नेपाल विद्युत् प्राधिकारणले आज बिहान सुचना निकालेर सो कुराको जानकारी दिएको छ। 

टेकु तथा के–थ्री सबस्टेसन तथा त्यससँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने भएको हो। 

यसैगरि रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरमा शनिबार बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ। 

वैकल्पिक व्यवस्थाबाट विद्युत आपुर्ति कम प्रभाति हुनेगरी नियमित विद्युत् आपूर्ति गर्ने प्रयास गरिले प्राधिकरणले निकालेको सुचनामा उल्लेख गरिएको छ।

भदौ १५, २०८० शुक्रबार १०:३५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।