एसियाली खेलकुदको क्रिकेटमा नेपालको भिडन्त कमजोर टिम जापान र कम्बोडियासँग

एसियाली खेलकुदको क्रिकेटमा नेपालको भिडन्त कमजोर टिम जापान र कम्बोडियासँग

काठमाडौं : नेपालले १९ औं एसियाली खेलकुदको क्रिकेटमा समूह चरणमा जापान र कम्बोडियासँग खेल्ने भएको छ।

चीनमा आगामी सेप्टेम्बरमा हुने एसियाली खेलकुदमा नेपाल, जापान र कम्बोडिया समूह ‘बी’ मा परेका छन्। चार समूहबाट हरेक समूहका शीर्ष चार टिम क्वाटरफाइनलमा पुग्नेछन्। 

नेपालको अगाडि यी दुई टिम तुलनात्मक रुपमा निकै कमजोर छन्। जापान टी-२० वरियता ५३ औं स्थानमा छ भने कम्बोडिया आईसीसीको वरियताभित्रै छैन। 

भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश सिधा क्वाटरफाइनलमा पुगेका छन्। टी-२० फर्म्याटको यस खेलका लागि भारत र पाकिस्तानले ए टिम पठाउने छन्।

भदौ १५, २०८० शुक्रबार ०९:१७:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।