पहिलो खेलमा मलेसियालाई हराएको नेपाल आज बहराइनसँग भिड्दै
काठमाडौं : नेपालले आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा आज बहराइनसँग भिडन्त गर्दैछ।
मलेसियाको क्वालालाम्पुरमा नेपाली समय अनुसार बिहान ११:१५ मा सुरु हुने खेलमा नेपालमा लगातार दोस्रो जित हात पार्न योजनामा छ। पहिलो खेलमा बिहीबार नेपालले घरेलु टोली मलेसियालाई पाँच रनले पराजित गरेको थियो।
मलेसियाविरुद्ध ब्याटिङमा त्यति राम्रो खेल देखाउन नसकेको नेपाल ८४ रनमै समेटिएको थियो। तर बलिङमा सानदार खेल देखाएको नेपालले जित निकालेको थियो। आज भने नेपालले ब्याटिङ सुधार्नु आवश्यक देखिन्छ।
यस प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्।
प्रतियोगितामा दुई समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि-२० क्वालिफायर खेल्न पाउने छन्।
भदौ १५, २०८० शुक्रबार ०८:५२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।