आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

आज यी चार प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं : आज (शुक्रबार) देशभर आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

राति पनि कोशी प्रदेशका केही स्थानहरूमा र मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भदौ १५, २०८० शुक्रबार ०७:२१:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।