उकेरा टप फाइभ : द्वन्द्वमा बेपत्ता पारिएकाको परिवारको प्रश्नदेखि राजाको भाषणकै बीचमा गीत देखाइएका गायकको संस्मरणसम्म

उकेरा टप फाइभ : द्वन्द्वमा बेपत्ता पारिएकाको परिवारको प्रश्नदेखि राजाको भाषणकै बीचमा गीत देखाइएका गायकको संस्मरणसम्म

काठमाडौं : बिहीबार समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रदेश स्तरीय सन्देश सभाको घोषणा गर्यो। घोषणा कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी भए।

बिहीबार रातिदेखि लागू हुनेगरी आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो। निगमले पेट्रोलमा प्रतिलिटर ४, डिजेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २३५ रुपैयाँ मूल्य बढायो।

एसिया कपको आफ्नो दोस्रो खेल खेल्नका लागि नेपाली टोली पाकिस्तानबाट श्रीलंका गयो। टोली बिहीबार बिहान श्रीलंका झर्यो। त्यहाँ उसले सोमबार भारतविरुद्ध खेल्नेछ।

अब लागौं उकेरा टप फाइभतर्फः
बिहीबार जनैपूर्णिमा पर्व मनाइयो। यसै विषयमा उकेराले जनैपूर्णिमा किन मनाइन्छ भन्ने विषयमा लेख छाप्यो। जसमा जनै, रक्षाबन्धन र जनै पूर्णिमाको खान्कीको विषयमा उल्लेख गरिएको छ।
पूरा समाचारः किन मनाइन्छ जनैपूर्णिमा?

बिहानै उकेराले माओवादी सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका परिवारहरूको आवाजको विषयमा समाचार लेख्यो। जसमा वीरेन्द्रनगर–३ सुर्खेतकी ६३ वर्षीया इन्द्रकला विष्टको श्रीमान्लाई बेपत्ता पारिएको २० वर्ष भए पनि राज्यले उनको स्थिति पत्ता लगाउन नसकेको विषय समेट्यो।
पूरा समाचारः बेपत्ता पारिएकाहरूको परिवारको प्रश्नः सास वा लासको प्रमाणपत्र राज्यले किन दिन सक्दैन?

दिउँसो उकेराले ब्रेकशुको आवरणमा सुन तस्करी भएको समूहका अधिकांश सदस्यको नेपाली नागरिकता र पासपोर्ट नेपाली वंशज भएको विषयमा समाचार लेख्यो। त्यस्तो नागरिकता र पासपोर्ट जारी गर्ने सरकारी अधिकारीलाई कारबाही नभएको विषयसमेत समाचारमा समेटिएको छ।
पूरा समाचारः चिनियाँ अपराधीले कसरी बनाए वंशजको नेपाली नागरिकता र राहदानी!

यस्तै अपरान्ह उकेराले आफ्नो नियमित स्तम्भ हिजोका कुरामा गायक, संगीतकार तथा रेकर्डिस्ट दीप तुलाधरको अनुभवलाई समेट्यो। ६५ वर्षीय तुलाधरले रेडियो नेपालमा गीत गाउन नपाउँदा आफैँले स्टुडियो बनाएका थिए।
पूरा समाचारः रेडियो नेपालमा गाउन नपाएको झोँकमा स्टुडियो खोलेका दीपको गीत राजाको भाषण चल्दाचल्दै देखाइयो

राति उकेराले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको समाचार लेख्यो। बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य बढायो।
पूरा समाचारः बढ्यो इन्धनको मूल्य, ग्यासमा २३५ रुपैयाँ बढ्यो

भदौ १४, २०८० बिहीबार २२:१३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।