कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ

सुनसरी : आफ्नै कोठामा लगेर महिलाको हत्या गरेको अभियोगमा एक जना पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेका छन्।

ईटहरी उपमहानगरपालिका-२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले उनलाई बुधबार पक्राउ गरेको हो।

लेनदेनको विषयलाई लिएर विवाद भएपछि परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर पाएपछि प्रहरीले परियारलाई पक्रेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

भदौ १४, २०८० बिहीबार १९:३१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।