भारतीय अभिनेत्री दिव्या दत्त काठमाडौंमा
काठमाडौं : त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौं-कलिङ साहित्य महोत्सव’मा सहभागी हुन भारतीय अभिनेत्री दिव्या दत्ता नेपाल आएकी छन्।
मुम्बईबाट इन्डिगोको विमानमार्फत उनी बिहीबार दिउँसो सवा दुई बजे नेपाल अवतरण गरेकी हुन्।
उनी महोत्सवअन्तर्गतका विभिन्न छलफल तथा गोष्ठीमा सहभागी हुने आयोजकले जनाएको छ।
अभिनेत्री दत्तासँगै अभिनेत्री मनिषा कोइरालासँग एउटै मञ्चमा ‘दक्षिण एसियाली सिनेमाका चुनौती र सम्भाव्यता’बारे अन्तरक्रिया गर्ने कार्यतालिका छ।
भदौ १५ गतेदेखि सुरु हुने साहित्य महोत्सवमा नेपालसहित भारत, भुटान, बङ्गलादेश र श्रीलङ्काका लेखक तथा कलाकार भेला हुँदैछन्।
अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटरेरी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदैछ।
उनी भदौ १८ गते स्वदेश फर्कनेछिन्।
भदौ १४, २०८० बिहीबार १९:२३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।