उपप्रधानमन्त्री भेट्न प्रधानमन्त्री दाहाल सैनिक अस्पतालमा

उपप्रधानमन्त्री भेट्न प्रधानमन्त्री दाहाल सैनिक अस्पतालमा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान एवं रक्षामन्त्री समेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई भेट्न सैनिक अस्पताल पुगेका छन्।

प्रोस्टेटको शल्यक्रियाका लागि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका खड्कालाई भेटेर प्रधानमन्त्री दाहालले शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन्।

बुधबार राति नै खड्काको प्रोस्टेटको शल्यक्रिया सम्पन्न भइसकेको छ। उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ। उनलाई केही दिन अस्पतालमै बस्न डाक्टरले सुझाएका छन्।

भदौ १४, २०८० बिहीबार १९:१०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।