यौनिक तथा अल्पसङ्ख्यक समुदायले मनाए गाईजात्रा (फोटो फिचर)

यौनिक तथा अल्पसङ्ख्यक समुदायले मनाए गाईजात्रा (फोटो फिचर)

काठमाडौं : काठमाडौं उपत्यकासहित नेवार समुदायको बसोबास हुने क्षेत्रमा मनाईने गाई जात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्याक्तिहरुले फरक तरिकाले मनाएका छन्। 

उनिहरुले आफ्नो पहिचानमाथि गर्व गर्दै गाई जात्राको अवसरमा ‘गे जात्रा’ मनाएका हुन्।

यस समुदायमाथि हुने लाल्छना, विभेद, घृणाविरुद्ध आवाज उठान गर्ने उद्देश्यले यस समुदायले ‘गे जात्रा’ मनाउदै आएको छ।

नील हिरा समाजको आयोजनामा २० वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी,  अन्तरलिंगी समुदायले ‘प्राइड परेड’का रुपमा मनाउँदै आएका छन् ।

यस समुदायका लागि कार्य गर्ने विविध संस्था र अधिकारकर्मीले यस दिन गौरव यात्रा गर्ने, गीत सङ्गीत तथा नाटकजस्ता सिर्जनात्मक प्रस्तुतीसहित उत्सव कार्यक्रम आयोजना गर्ने, दीप प्रज्वलनलागायत विविध कार्यक्रम गर्दै आएका छन्।

फोटो फिचर :

भदौ १४, २०८० बिहीबार १८:०७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।