श्रीमतीसहित श्रीलंका उडे शक्ति गौचन

श्रीमतीसहित श्रीलंका उडे शक्ति गौचन

काठमाडौं : पूर्व क्रिकेटर शक्ति गौचन एसिया कपमा नेपाली टोलीलाई सपोर्ट गर्नका लागि श्रीलंका गएका छन्।

गौचन बिहीबार श्रीलंका एयरको विमानबाट श्रीमतीसहित श्रीलंका गएका हुन्। नेपालले एसिया कपको आफ्नो दोस्रो खेलमा भारतसँग सोमबार प्रतिस्पर्धा गर्दैछ।

सामाजिक सञ्जालमा तस्बिर राख्दै उनले लेखेका छन्, ‘नेपाली टोलीलाई चियर गर्न श्रीलंकातर्फ लागियो।’

भैरहवामा क्रिकेट एकेडेमी चलाइरहेका शक्तिले डेढ दशकभन्दा बढी नेपालको राष्ट्रिय टोलीबाट खेले। सन् २०१४ को टी–२० विश्वकपमा नेपालका लागि महत्वपूर्ण खेल खेलेका थिए।

बुधबार भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भयो।

भदौ १४, २०८० बिहीबार १५:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।