आर्थिक विकासका लागि समानुपातिक निर्वाचन प्रणाली छोडेर प्रत्यक्ष निवार्चनमा जानुपर्छ : अर्थमन्त्री महत

आर्थिक विकासका लागि समानुपातिक निर्वाचन प्रणाली छोडेर प्रत्यक्ष निवार्चनमा जानुपर्छ : अर्थमन्त्री महत

काठमाडौं : अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक विकासका लागि समानुपातिक निर्वाचन प्रणाली छोडेर प्रत्यक्ष समाबेशी निर्वाचन प्रणालीमा जानुपर्ने बताएका छन्।

बिहिबार राजधानी काठमाडौँँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री महतले दोहोरो निर्वाचन प्रणालीमा एक दलले मात्रै बहुमत ल्याउन नसक्ने भएकाले स्थीर सरकार नबन्ने बताए।

‘समानुपातिक निर्वाचन प्रणाली त्यागेर समाबेशीतालाई प्रत्यक्ष निर्वाचनमै समेटेर जाँदा स्थीर सरकार बन्छ र काम गर्ने वातावरण बन्छ। यसमा हामीले समिक्षा गर्नुपर्ने बेला भएको छ।’, उनले भने।

महत आफैं समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएका हुन्। उनलाई खस आर्य जाति कोटाबाट सांसद बनाउँदा चर्काे आलोचना भएको थियो। 

कार्यक्रममा उनले नेपालमा अबसर नभएर विदेशिने भन्दा  अवसर पाएकैहरुमा विदेश जाने ह्वीम चलेको बताए। 

उनले विदेशमा टेन्ट गाडेर बस्न तयार तर नेपालमा बस्नै नचाहनेको संख्या बढेको भन्दै सकारात्मक बहसको आबश्यकता रहेको औँल्याएँ।

‘म आफैं पनि अमेरिका पढेर र्फकिएको हुँ। उता भन्दा यता धेरै अवसर छन्। काम गर्नलाई जे पनि नयाँ छ,’उनले भने, ‘शैक्षिक योग्यता अनुसार नेपालमा काम पाइने भएकाले पढ्न विदेश गएपनि नेपाल फर्कने वातावरण हामीले बनाउनु पर्छ।’

त्यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रविणता प्रमाणपत्र तह पास भैसकेपछि युवाहरु नेपालमा बस्न नचाहेकोले स्नातक तहमा तोकिएको सिट भन्दा कम विद्यार्थी भर्ना हुन थालेको भन्दै ब्रेन ड्रेनलाई रोक्नु पर्ने बताए।

भदौ १४, २०८० बिहीबार १५:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।