मापसे गरेपछि आफ्नै बुवामाथि बञ्चरो प्रहार

मापसे गरेपछि आफ्नै बुवामाथि बञ्चरो प्रहार

काठमाडौं : आफ्नै बुवालाई बञ्चरो प्रहार गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेको चौरीदेउराली गाउँपालिका–५, ढोकाडाँडाका ३२ वर्षीय अशोक रसाईली रहेका छन्।

राति साढे ११ बजे मादक पदार्थ सेवन गरी अशोकले आफ्नै बुवा ६५ वर्षीय बलबहादुर रसाईलीलाई बञ्चरो प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ।

प्रहरीका अनुसार अशोकले बञ्चरो प्रहार गर्दा बलबहादुरको दाहिने हातको औँला, बाया हातको नाडीमा र टाउकाको दाहिने भागमा गहिरो चोट लागेको छ।

घाइतेलाई उपचारको लागि धुलिखेल अस्पताल पठाएको र अवस्था गम्भीर रहेको छ।

भदौ १४, २०८० बिहीबार १५:१५:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।