गाईजात्रा हेर्न भक्तपुर पुगे अमेरिकी राजदूत

गाईजात्रा हेर्न भक्तपुर पुगे अमेरिकी राजदूत

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत डिन रिचार्ड थम्पसनले गाईजात्रा हेर्न भक्तपुर पुगेका छन्।

बिहीबार बिहान राजदूत थम्पसन गाईजात्रा हेर्न भक्तपुर पुगेका हुन्। उनले त्यहाँ पुगेर गाईजात्राको बारेमा समेत बताएका छन्।

भक्तपुरको गाईजात्रा हेर्न पाउँदा एकदमै खुसी लागेको भन्दै उनले गतवर्ष निधन भएका परिवारलाई सम्झने नयाँ संस्कृतिबारे जान्न पाउँदा उत्साहित भएको बताए।

राजदूत भएर आएपछि थम्पसनले पहिलो पटक गाईजात्राको अवलोकन गरेका हुन्। उनी गतवर्ष अक्टोबरदेखि राजदूत नियुक्त भएर नेपाल आएका हुन्।

 

Was an honor to attend the Gai Jatra celebration in Bhaktapur today! pic.twitter.com/ysbxr4vgJq

— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) August 31, 2023

भदौ १४, २०८० बिहीबार १४:५४:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।