पुराना कर्मचारीको सरुवा प्रक्रिया अघि बढाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

पुराना कर्मचारीको सरुवा प्रक्रिया अघि बढाउन स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन

काठमाडौं :  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बस्नेतले पुराना कर्मचारीहरुको सरुवा गर्न निर्देशन दिएका छन्। 

लामो समयसम्म एकै ठाउँमा बसेर सेवा दिइरहेका कर्मचारीहरुको सरुवा प्रक्रिया अघि बढाउन उनले निर्देशन दिएका हुन्।

एउटै व्यक्ति १५, १६ वर्षदेखि एकै ठाउँमा बसेर काम गरिरहेको पाइएको र यो विषयमा व्यवस्थापन समिति गम्भीर भएर सरुवा प्रक्रियालाई अघि बढाउनु पर्ने उनले बताए।

भेरी अस्पतालको अवलोकन गर्न बाँके पुगेका मन्त्री बस्नेतले उक्त अस्पताललाई अझै व्यवस्थित गराउन मन्त्रालयले आवश्यक बजेटको व्यवस्थापन गर्ने समेत बताए।

‘अझै व्यवस्थित हुन बाँकी नै भएको हुनाले अस्पताल व्यवस्थापनका लागि आवश्यक बजेट पठाउन मन्त्रालय तयार रहेको छ।’, उनले भने।

उनले गरिब तथा विपन्न परिवारका बिरामीहरूले सहज र सुलभ रुपमा अस्पतालमा उपचार पाउनु पर्नेमा उनले जोड दिए।

भदौ १४, २०८० बिहीबार १४:२६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।