मनसुनको प्राकृतिक विपत्तिले ७३ जनाको ज्यान लियो, २० जना अझै बेपत्ता

मनसुनको प्राकृतिक विपत्तिले ७३ जनाको ज्यान लियो, २० जना अझै बेपत्ता

काठमाडौं : यस वर्षको मनसुनमा हालसम्मको अवधिमा ७३ जनाको ज्यान गएको छ। जेठ ३१ देखि भदौ ८ गतेसम्मको मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना अझै बेपत्ता छन्। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन अवधिमा मुलुकका एक सय ३५ ठाउँमा बाढी, चार सय २९ ठाउँमा पहिरो जानुका साथै ८३ वटा चट्याङका घटना भएका थिए।

उक्त विपद्का घटनामध्ये बाढीमा परी १२ जनाको मृत्यु, सात घाइते र २१ बेपत्ता भएका थिए। त्यस्तै पहिरोमा परी ३८ जनाको मृत्यु, ४० घाइते र नौ बेपत्ता भए। भारी वर्षाका कारण दुई जनाको ज्यान गयो भने चट्याङबाट २१ जनाको मृत्यु र ४३ घाइते भएको तथ्याङ छ।

यस वर्षको बाढी पहिरोबाट ३२६.८३ मेघावाट क्षमताका निर्माणाधीन १७ तथा सञ्चालनमा रहेका १३२.७५ क्षमताका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
 
मनसुन अवधिमा भएका बाढी पहिरोका घटनाबाट देशका २९ राजमार्गका २५० ठाउँमा रु ४० करोड बराबरका भौतिक पूर्वाधारमा क्षति पुगेको उल्लेख छ।

भदौ १४, २०८० बिहीबार १३:५४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।