जसपालाइ सरकारबाट आउट गर्ने मुडमा प्रधानमन्त्री प्रचण्ड, नजिकिँदै रास्वपा र राप्रपा

जसपालाइ सरकारबाट आउट गर्ने मुडमा प्रधानमन्त्री प्रचण्ड, नजिकिँदै रास्वपा र राप्रपा

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सहभागी गराउन उनले गृहकार्य थालेको स्रोत बताउँछ।

राप्रपालाई संसदीय समितिको सभापतिमा भाग छुट्याएपछि  राप्रपा सरकारमा सहभागि हुन लागेको चर्चा चल्न थालेको हो।

सांसद दीपक सिंह राप्रपाबाट पूर्वाधार विकास समितिको सभापतिमा सर्वसम्मत चयन भएका थिए।

कोशी प्रदेश सरकार खतरामा हुदा राप्रपाले स्थायित्वको लागि भूमिका खेल्ने वचन दिएपछि संसदीय समितिको सभापति दिईएको सत्तारुढ दलका नेताहरुको भनाई छ। 

प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले भने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाइ भेटेरै सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्। 

जनता समाजवादी पार्टीसँगको सहकार्य तोडेर भएपनि प्रधानमन्त्री प्रचण्डलेले राप्रपा र स्वास्पालाई सरकारमा सहभागी गराउने मुड बनाएका छन्। 

त्यस्तै उनि संसद्को चौथो दल रास्वपालाई पनि छिट्टै सरकारमा सहभागी गराउने आन्तरिक गृहकार्यमा जुटेका छन्। 

रास्वपाको चाहना पनि सरकारमा सहभागि हुने नै रहेको जनाउँदै निकट स्रोतले भन्यो, ‘रास्वपासँग एक प्रकारको प्रतिबद्धता प्रधानमन्त्रीले जनाइसक्नुभएको छ। योजना अनुसार कुरा अगाडी बढ्यो भने रास्वपा छिट्टै सरकारमा सहभागी हुन सक्छ।’ 

भदौ १४, २०८० बिहीबार १३:४६:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।