दक्षिण अफ्रिकाको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु

दक्षिण अफ्रिकाको एक पाँच तले भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु

एजेन्सी : दक्षिण अफ्रिकाको जोहानसगर्बको सेन्ट्रल बिजेनस डिस्ट्रिक्टस्थित पाँच तल्ले भवनमा आगलागी हुँदा ६३ जनाको मृत्यु भएको छ।

जोहानसबर्ग आपत्कालीन व्यवस्थापन सेवाले यो जानकारी दिएको हो।

दक्षिण अफ्रिकाको आर्थिक हब मानिएको क्षेत्रको अविकसित भागमा यो भवन रहेको र यहाँ अनौपचारिक वासस्थानका लागि प्रयोग गरिने गरिएको आपत्कालीन सेवाका प्रवक्ता रोबर्ट मुलाउड्जीले जानकारी दिए।

उनले उद्धार कार्य जारी रहेको बताएका छन्। घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन्। आगलागीको कारण खुल्न सकेको छैन।

भदौ १४, २०८० बिहीबार १२:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।