‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान चन्द्रागिरि–२ बाट सुरू हुने

‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान चन्द्रागिरि–२ बाट सुरू हुने

काठमाडौं : माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने बिशेष अभियान चन्द्रागिरि–२ बाट सुरू गर्ने भएको छ।  

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो अभियानको सुरूवात गर्ने कोषाध्यक्ष श्रीराम ढकालले बताए।

गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो।

माओवादी केन्द्रका उम्मेदवार भाइकृष्ण तामाङले कांग्रेसका उम्मेदवार अर्जुनबहादुर तामाङलाई २२४ मतान्तरले पराजित गरेका थिए।

‘विशेष अभियानको सुरूवात चन्द्रागिरि–२ बाट अध्यक्षज्यूले गर्नुहुन्छ । भर्चुअल माध्यमबाट ७५३ वटै पालिकामा उहाँले सम्बोधन गरेपछि वडा तहको अभियान सुरू हुन्छ’, उनले भने । 

भदौ १४, २०८० बिहीबार ११:५३:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।