स्टयाण्ड अप कमेडियन सुमन कार्कीको फेसबुक पेज ह्याक, स्टोरीमा अश्लील तस्विर आउँदै

स्टयाण्ड अप कमेडियन सुमन कार्कीको फेसबुक पेज ह्याक, स्टोरीमा अश्लील तस्विर आउँदै

काठमाडौं : हास्य कलाकार एवम् स्टयाण्ड अप कमेडियन सुमन कार्कीको फेसबुक पेज ह्याक भएको छ।

कार्कीले बिहीवार ह्याक भएकै पेजमार्फत एक पोस्ट राख्दै त्यसको पुष्टि गरे।

ह्याकरले उनको स्टोरीमा अश्लील फोटो राख्दै मालवेयरको लिङ्कमा क्लिक गराइरहेको छ। उनले भने स्टोरी हटाउँदै आइरहेका छन्।

‘मेरो पेज ह्याक भएर लगालग स्टोरी आको आइछ। समाधानको उपाय खोजिराछु।’, उनले लेखेका छन्।

उनि यतिबेला कार्यक्रमको शिलशिलामा अस्ट्रेलियामा छन्।

भदौ १४, २०८० बिहीबार ११:४०:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।