अज्ञात समूहद्वारा भक्तपुरमा पार्किङ गरेको बसमा आगजनी

अज्ञात समूहद्वारा भक्तपुरमा पार्किङ गरेको बसमा आगजनी

काठमाडौं : भक्तपुरमा पार्किङ गरेर राखिएको एउटा बसमा आगजनी भएको छ। 

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटो चोक नजिक सडक छेउमा पार्किङ गरि राखेको बा४ख ६६६९ नम्बरको बसमा बिहीबार बिहान अज्ञात समुहले आगजनी गरेको हो।

कमलविनायकदेखि रत्नपार्क चल्ने उक्त बसमा कसले आगजनी गर्यो खुलेको छैन। 

प्रहरी वृत्त थिमिको टोली र जुद्ध बारुणयन्त्र भक्तपुरको सहयोगमा बसमा लागेको आगो निभाइएको जिल्ला प्रहरी परिसरभक्तपुरका प्रवक्ता वसन्त पाठकले बताए। 

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

भदौ १४, २०८० बिहीबार ११:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।