अमेरिकामा आँधी : एकहजार बढी उडान रद्द, राष्ट्रपति बाइडेनका कार्यक्रम प्रभावित

अमेरिकामा आँधी : एकहजार बढी उडान रद्द, राष्ट्रपति बाइडेनका कार्यक्रम प्रभावित

एजेन्सी : अमेरिकाका धेरै क्षेत्र समुद्री आँधीको चपेटामा परेका छन्। इडालिया नामको आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ। 

आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरूमा पनि आँधीसहितको भारी वर्षा भएको छ।

आँधी र वर्षाका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन्। यस्तै राष्ट्रपति जो बाइडेनका कार्यक्रमहरू पनि प्रभावित भएको ह्वाइटहाउसले जनाएको छ।

राष्ट्रपति बाइडेनले आँधी प्रभावित राज्यका गभर्नरहरुसंग टेलिफोनमा संवाद गरि आँधीबाट प्रभावितहरूलाई आवश्यक सहयोग गर्नुपर्ने जनाएका छन्। 

आजदेखि इडालिया आँधीको गति मत्थर हुदै जाने त्यहाँका मौसमविद्हरूले जनाएका छन्।

भदौ १४, २०८० बिहीबार १०:३४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।