मिथिलामा आज राखी मनाइँदै

मिथिलामा आज राखी मनाइँदै

महोत्तरी : महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ।

चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो। 

यस पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय बनेको छ। पसलमा आफ्ना दाजुभाइका लागि विभिन्न रङ्गका रक्षासूत्र किन्नेको भिड छ।

राखीसँगै दिदीबहिनीहरू दाजुभाइलाई खुवाउन मिष्ठान्न परिकारको जोहोमा लागेका हुँदा मिठाइ पसल पनि ग्राहकले भरिभराउ छन् ।

यस पर्वका लागि दिदीबहिनीको राखी बाँध्ने निम्तो मान्न टाढाटाढा बस्ने दाजुभाइ घर फर्केका छन्। यसलाई दाजुभाइ दिदीबहिनीबीच प्रेम, सद्भाव र एक अर्काप्रतिको समर्पण भाव झल्कने पर्वको रुपमा लिइन्छ।

भदौ १४, २०८० बिहीबार ०९:०४:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।