नेपालविरुद्धको खेलमा बाबर भए म्यान अफ दी म्याच
काठमाडौँ : एसिया कपको पहिलो खेलमा पाकिस्तानी क्याप्टेन बाबर आजम प्लेयर अफ दि म्याच भएका छन्। नेपालविरुद्ध एक सय ३१ बलमा उनले एक सय ५१ रन बनाएका थिए।
पाकिस्तानलाई तीन सय ४३ को विशाल स्कोरमा पुर्याउन उनले १४ वटा चौका अनि ४ वटा छक्का हानेका थिए। उनी विश्वका उत्कृष्ट ब्याट्सम्यानको सूचीमा पर्छन्।
एसिया कपमा नेपाल पहिलो पटक पुगेको हो। पहिलो खेलमा नेपालले एक सय चार रन बनाएर अल आउट भएको थियो। बलिङतर्फ नेपालले प्रशंसनीय प्रदर्शन गरे पनि फिल्डिङ र ब्याटिङ कमजोरहुँदा ५० ओवरमध्ये आधार ओवर पनि खेल्न पाएन।
भदौ १३, २०८० बुधबार २२:५०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।