नेपाल पाकिस्तानसँग पराजित, २३ दशमलव तीन ओवरमै अल आउट

नेपाल पाकिस्तानसँग पराजित, २३ दशमलव तीन ओवरमै अल आउट

काठमाडौँ : एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। ३४३ को लक्ष्य पच्छ्याएको नेपालले आधा ओवर पनि खेल्न सकेन। ५० ओवरको खेलमा २३ दशमलव ३ ओवरमै सबै विकेट गुमायो।

पहिलो पटक एसिया कप खेल्दै गरेको नेपाली ब्याट्सम्यानहरूलाई पाकिस्तानी बलर झेल्न गाह्रै भयो। सोमपाल कामी बाहेक अन्य ब्याट्सम्यानहरू लामो समय क्रिजमा टिक्न सकेनन्।

पहिलो खेलमा नेपाले जुन स्तरको खेल देखायो त्यो प्रशंसनीय देखियो। बलिङमा नेपालले ४० ओभरसम्म कसिलै बलिङ गरेको थियो। अन्तिम १० ओवरमा सम्हालिन नसक्दा पाकिस्तान ३ सय ४२ को स्कोरमा पुगेको थियो।

बलिङको तुलनामा फिल्डिङ र ब्याटिङमा धेरै सुधार गर्नुपर्ने देखिन्छ। बलिङमा अन्तिम १० ओवर सम्हालिएको भए पाकिस्तानलाई ३४० तलकै स्कोरमा रोक्न सक्ने सम्भावना थियो।

कप्तान बाबर आजम र इफ्तिखार अहमदको साझेदार भत्काउन सकेनन् नेपाली बलरले। दुबैले सानदार दोहोरो शतकीय साझेदारी गरे।  

अन्तिम ओवरमा पाकिस्तानी ब्याट्सम्यान जम्दा स्कोर ठुलो बने पनि ३४२ मा पाकिस्तानी टिमलाई रोक्नु नै नेपाली बलरको सबैभन्दा उपलब्धीमुलक नतिजा देखियो।

ब्याटिङमा सय स्कोर कटाउन निकै हम्मे परेको देखियो। कम्तानसहित केही ब्याट्सम्यानहरु सुन्य रनमै आउट भए।आरिफ शेखले २६, सोमपाल कामीले २८ र गुल्शन झाले १३ रन बनाए। अन्य ब्याट्सम्यानहरुको रन दोहोरो स्कोरमा पनि पुगेन। 

पहिलो ओवरमै नेपालले दुई विकेट गुमाइसकेको थियो। दोस्रो ओवरमा विकेट जानेक्रम जारी रह्यो। १४ रनमा तीन विकेट गुमिसकेको थियो।

आरिफ शेख र कुशल भुर्तेलले स्कोर अगाडि बढाएका थिए। ८२ रन जोड्दा पाँच विकेट गुमिसकेको थियो। त्यसपछिका ब्याट्सम्यानहरु पनि क्रिजमा टिक्न सकेनन्। पाकिस्तानलाई २ सय ३८ रनले नतिजा सुम्पिए। नेपालले एक सय चार रन बनाएको थियो।

भदौ १३, २०८० बुधबार २१:४४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।