२१ युरोपेली देशमा १० हजार किलोमिटर गुडेको 'सेरेस-३' नेपाल आउँदै
काठमाडौँ : २३ दिनमा २१ देशहुँदै दस हजार किलोमिटर भन्दाबढी यात्रा गरेको इलेक्ट्रोनिक कार सेरेस-३ नाडा अटो शोमा सार्वजनिक गरिने भएको छ।
सेरेसले भर्खरै युरोपमा आफ्नो पहिलो ठुलो यात्रा पूरा गरेको थियो। सेरेसले युरोपियन देशको यात्रामा नयाँ इलेक्ट्रिक मोडेलको परीक्षण गरेको बताइएको छ।
यात्रामा सेरेसले आफ्नो सवारीको रेन्ज, सेफ्टी र स्मार्ट ड्राइभिङ टेस्ट गरेको थियो। कारको क्षमतालाई कडाइका साथ परीक्षण गर्न सेरेसले नेदरल्याण्डको एम्स्टर्डमबाट आफ्नो युरोपेली ग्रान्ड टुर सुरु गरेको थियो।
२५ डिग्री सेल्सियससम्मको तापमान सहित र लगभग दस वटा विभिन्न सडक अवस्थाहरू पार गर्दै सो कार नर्वे, जर्मनी, इटाली, स्पेन, फ्रान्स र अन्य १६ अन्य युरोपेली देशहरूहुँदै नेदरल्याण्ड फर्केको थियो।
यात्रामा युरोपेली उपभोक्ताहरूले कारप्रति चासो देखाएको कम्पनीको दाबी छ। धेरैले गाडीबारे चासो राखेको र फ्रान्स, इटाली र जर्मनीजस्ता देशका स्थानीय मिडियाकर्मीले सेरेसको टेस्ट ड्राइभ गरेका थिए।
सेरेसले युरोपका २१ देशहरूमा भ्रमण गर्दा ९५% चार्जिङ सुविधाहरू सफलतापूर्वक प्रयोग गर्दै, युरोपेली प्रयोगकर्ताहरूको यात्रा आवश्यकताहरूलाई पूर्ण रूपमा सन्तुष्ट पारेको कम्पनीले जानकारी दिएको छ।
काठमाडौँमा भदौ २६ बाट सुरु हुने नाडा अटो शो मा सेरेसले आफ्नो उत्पादन 'सेरेस-३' लाई सार्वजनिक गर्ने योजना बनाए एमएडब्लु ग्रुपले जानकारी समेत दिएको छ।
भदौ १३, २०८० बुधबार २०:१०:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।