नेपालले गुमायो तेस्रो विकेट
काठमाडौँ : नेपालको ब्याट्सम्यानमाथि पाकिस्तानी बलर हावीहुँदा दुई ओवर नसकिँदै तीन विकेट गुमाएका छन्। पाकिस्तानले ५० ओवरमा ३४३ रनको चुनौती दिएको छ।
अन्तिम १० ओभरमा बलिङ र फिल्डिङ दुवै नजम्दा नेपालले पाकिस्तानबाट ३४३ को चुनौती पाएको थियो। अन्तिम १० ओभरमा मात्र पाकिस्तानी ब्याट्सम्यानहरूले १२९ रन हान्न सफल भएका थिए। नेपाल ६ विकेट लिन सफल भएको थियो।
बाबर आजम र इफ्तिखर अहमदको जोडी ४९ ओवरमा गएर भत्कियो। तर त्यो बेलासम्म यी दुवै ब्याट्सम्यान मिलेर रन रेट धेरै बढाइसकेका थिए। बाबरले १ सय ३१ बलमा १ सय ५१ रन बनाए। अहमदले सतक कटाइसकेका थिए।
४० ओभरमसम्म ब्याट्सम्यानहरूलाई बलहरूले दबाबमा राखिरहेका थिए। तर ४० ओभरपछि भने न बलरको दबाब बढ्यो न फिल्डरको। फिल्डिङमा एकपछि अर्को चुक गर्दै गए नेपाली खेलाडीहरूले।
ब्याटिङमा पाकिस्तानी तिब्र गतिका बलर हावी भइरहेका छन्।
भदौ १३, २०८० बुधबार १९:४९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।