अन्तिम १० ओवर सम्हालिन नसक्दा नेपालले पाकिस्तानबाट पायो ३४३ रनको चुनौती
काठमाडौँ : अन्तिम १० ओभरमा बलिङ र फिल्डिङ दुवै नजम्दा नेपालले पाकिस्तानबाट ३४३ को चुनौती पाएको छ। अन्तिम १० ओभरमा मात्र पाकिस्तानी ब्याट्सम्यानहरूले १२९ रन हान्न सफल भएका थिए। नेपाल ६ विकेट लिन सफल भयो।
बाबर आजम र इफ्तिखर अहमदको जोडी ४९ ओवरमा गएर भत्कियो। तर त्यो बेलासम्म यी दुवै ब्याट्सम्यान मिलेर रन रेट धेरै बढाइसकेका थिए। बाबरले १ सय ३१ बलमा १ सय ५१ रन बनाए। अहमदले सतक कटाइसकेका थिए।
४० ओभरमसम्म ब्याट्सम्यानहरूलाई बलहरूले दबाबमा राखिरहेका थिए। तर ४० ओभरपछि भने न बलरको दबाब बढ्यो न फिल्डरको। फिल्डिङमा एकपछि अर्को चुक गर्दै गए नेपाली खेलाडीहरूले।
करण केसीले बाबरलाई क्याच आउट गर्ने मौका नपाएका हैनन्। तर भ्याएनन्। तर चुनौती पाएको रनको स्कोरको अङ्क बदलिनसक्थ्यो। पहिलो पटक एसिया कप खेलिरहेको नेपालले जसरी विश्व विजेता पाकिस्तानका खेलाडीहरूलाई मैदानमा प्रेसरमा राख्न सके त्यो प्रशंसनीय देखियो।
भदौ १३, २०८० बुधबार १९:०६:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।