राहुल महरालाइ ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

राहुल महरालाइ  ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरालाइ ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।  

संगठित सुन तस्करी मुद्दामा अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरुमा अदालतबाट पाँच दिनको म्याद पाएको हो। 

विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको नौ किलो सुन तस्करीमा उनी र उनको बाबु महरा समेत जोडिएका थिए। 

चिनियाँ ब्यापारी दावासँग राहुल र उनको बाबु कृष्णबहादुर महतको पटक पटक टेलिफोन सम्पर्क भएको सीआईबीको अनुसन्धानबाट खुलेको थियो।

यो प्रकरणमा सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाएपछि आलोचना भइरहेको थियो। भेपमा लुकाएर ल्याएको सुन भन्सारका कर्मचारीहरु मिलेर निकालेर विक्री गरेका थिए। उनीहरु अधिकांश अहिले पुर्पक्षका लागि थुनामा छन्।

महरा बाबु–छोरामाथि अनुसन्धान गर्न दबाब बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपराधमा संलग्न देखिएका कसैलाई पनि नछाड्ने दाबी गर्दै आएका थिए।

भदौ १३, २०८० बुधबार १८:३८:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।