एसिया कप ४० ओवर :  बाबरले ९७ रन हान्दा पाकिस्तानको रन रेट उकासियो, नेपालको फिल्डिङ खस्कदै

एसिया कप ४० ओवर :  बाबरले ९७ रन हान्दा पाकिस्तानको रन रेट उकासियो, नेपालको फिल्डिङ खस्कदै

काठमाडौँ : पाकिस्तानमा जारी एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलको ४० ओभर पुग्दा घरेलु टिम पाकिस्तानले रन रेट बढाएको छ। पाकिस्तानी ब्याट्सम्यान बाबरले ९७ रन हानिसकेका छन्। पाकिस्तान २१३ मा पुगेको छ।

नेपाल चार विकेटमै अड्किएको छ। पाकिस्तानले  रन पुर्यायो। यही गतिमा रन रेट कायम रहने हो भने पनि नेपालले २ सय ५० बढिको लक्ष्य पाउने देखिन्छ।

टस जितेर पाकिस्तानले ब्याटिङ रोजेको थियो। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन्।

पाकिस्तानको प्लेइङ ११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन्।

भदौ १३, २०८० बुधबार १८:१३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।