राष्ट्रपति पौडेल प्रथम महिला सवितासहित नेपाल र पााकिस्तानबीचको खेल हेर्दै

राष्ट्रपति पौडेल  प्रथम महिला सवितासहित नेपाल र पााकिस्तानबीचको खेल हेर्दै
तस्बिर : राष्ट्रपतिको सचिवालय

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेल नेपाल र पााकिस्तानबीच भइरहेको एसिया कप–२०२३ को पहिलो खेल अवलोकन गरिरहेका छन्।

पाकिस्तानका ब्याट्सम्यान बाबर आजमले अर्ध शतक पुरा गरे। करण केसीले एक क्याच आउट मिस गरे।

पाकिस्तानले १३९ रन बनाएको छ। रन रेट ४ दशमलव ६ रहेको छ। २० ओवर पुग्दा नेपाल दुई विकेटमै अड्किएको थियो। नेपाली टिमले दुई विकेट १० औ ओभर अगाडि नै लिएको थियो। थप १० ओभरको बिचमा दुई विकेट थप्यो। 

नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन्।
 

भदौ १३, २०८० बुधबार १७:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।