एसिया कप ३० ओवर : नेपालले लियो चार विकेट, पाकिस्तानका बाबर आजमले हाने अर्ध शतक
काठमाडौँ : पाकिस्तानमा जारी क्रिकेटको एसिया कपको उद्घाटन खेलको ३० ओवरमा नेपालले घरेलु टिम पाकिस्तानको चार विकेट लिएको छ। पाकिस्तानका ब्याट्सम्यान बाबर आजमले अर्ध शतक पुरा गरे। करण केसीले एक क्याच आउट मिस गरे।
पाकिस्तानले १३९ रन बनाएको छ। रन रेट ४ दशमलव ६ रहेको छ। २० ओवर पुग्दा नेपाल दुई विकेटमै अड्किएको थियो। नेपाली टिमले दुई विकेट १० औ ओभर अगाडि नै लिएको थियो। थप १० ओभरको बिचमा दुई विकेट थप्यो।
टस जितेर पाकिस्तानले ब्याटिङ रोजेको थियो। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन्।
पाकिस्तानको प्लेइङ ११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन्।
भदौ १३, २०८० बुधबार १७:२५:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।