एसिया कपको २० ओभर : नेपाल दुई विकेटमै अड्कियो , पाकिस्तानको रन पुग्यो ९१
काठमाडौँ : नेपाल र पाकिस्तानबिच भइरहेको एसिया कपको पहिलो प्रतिस्पर्धाको २० ओवर पुग्दा नेपाल दुई विकेटमै अड्किएको छ। पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा घरेलु टिम पाकिस्तानसँग प्रतिस्पर्धा गरिरहेको नेपाली टिमले दुई विकेट १० औ ओभर अगाडि नै लिएको थियो।
पावर प्लेन मानिने थप १० ओभरमा नेपाली बलर विकेटको सङ्ख्या बढाउन सकेनन्। केही बलहरू ब्राउन्ड्री पुर्याउँदै पाकिस्तान टिमले रनको सङ्ख्या बढाएर ९१ पुर्याए। नेपालको फिल्डिङ कमजोर देखिएको छ। प्रारम्भिक बलिङ कसिलो भए पनि १० ओभरपछि भने क्याप्टेनले बलर बदलिइरहे।
पाकिस्तानी ब्याट्सम्यान बाबर र रिजवानको पार्टनरसिप भत्काउन नेपाली बलरहरूलाई कठिन भइरहेको छ।
टस जितेर पाकिस्तानले ब्याटिङ रोजेको थियो। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन्।
पाकिस्तानको प्लेइङ ११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन्।
भदौ १३, २०८० बुधबार १६:५४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।