एमालेको सचिवालय बैठक सर्रे अम्वासमा सुरु

एमालेको सचिवालय बैठक सर्रे अम्वासमा सुरु

काठमाडौं : एमालेको सचिवालय बैठक सिरहाको धनगढीमाई नगरपालिका–१४ स्थित सर्रे अम्वासमा सुरु भएको छ।

पार्टीको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो।

बैठकमा पार्टीको मिसन ग्रासरुट अभियानको समिक्षा गर्ने र केन्द्रिय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरुले बताएका छन्।

बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गर्नेछ। अध्यक्ष ओलीले सो स्तम्भको शिलान्यास गर्ने एमालेले जनाएको छ।

भदौ १३, २०८० बुधबार १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।