एसिया कपको १० ओभर : नेपालले लियो २ विकेट, पाकिस्तानको ४४ रन

एसिया कपको १० ओभर : नेपालले लियो २ विकेट, पाकिस्तानको ४४ रन

काठमाडौँ : पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा भइरहेको एसिया कपको पहिलो प्रतिस्पर्धा नेपाल र पाकिस्तानबिचको भइरहेको छ।

प्रतिस्पर्धाको १० ओवरमा नेपालले दुई विकेट लिएको छ। करण केसी र सोमपाल कामीले दुवै विकेट लिएका हुन्। पहिलो विकेट क्याच आउट भएको थियो। दोस्रो विकेट रन आउट भएको थियो।

नेपालका तीव्र गतिका बलर करण केसीले पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका थिए। माम उल हकको दोस्रो विकेट सोमपाल कामिले लिए। रोहित पौडेलको थ्रोमा हक आउट भएका थिए।

पहिलो ओभरमा नौ रन दिएको नेपालले त्यसपछि कसिलो बलिङ गरेको थियो। १० ओभरमा पाकिस्तानले ४४ रन बनाएको छ। नेपालले दुई पटक पाकिस्तानलाई फ्रि हिट दिइसकेको छ। कप्तान रोहितले छिटो छिटो बलर परिवर्तन गरिरहेका छन्। 

नेपालबाट बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीलाई मैदान उतारेको छ। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन्।

पाकिस्तानको प्लेइङ ११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन्।

भदौ १३, २०८० बुधबार १६:११:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।