करण केसीले लिए पहिलो विकेट

करण केसीले लिए पहिलो विकेट

काठमाडौँ : पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा नेपाल र पाकिस्तानबिच भइरहेको प्रतिस्पर्धामा नेपालले पहिलो विकेट लिएको छ। करण केसीले कसिलो बलिङ गर्दै पाकिस्तानका ओपनर फखार जमानको विकेट लिएका हुन्।

टस पाकिस्तानले जितेर ब्याटिङ रोजेको थियो। पाकिस्तान एक विकेटको क्षतिमा २१ रनमा पुगेको छ।

नेपालबाट बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीलाई मैदान उतारेको छ। नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन्।

पाकिस्तानको प्लेइङ ११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन्।

भदौ १३, २०८० बुधबार १५:४६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।