मुल्तान क्रिकेट रङ्गशालामा टस हारेको नेपालले बलिङ गर्दै
काठमाडौँ : पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा भएको टस पाकिस्तानले जितेर ब्याटिङ रोजेको छ। नेपालले एसिया कपको पहिलो खेलमा बलिङ गर्ने भएको छ।
नेपालबाट बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी र ललितनारायण राजवंशीलाई मैदान उतारेको छ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित नारायण राजवंशी र सन्दीप लामिछाने रहेका छन्।
पाकिस्तानको प्लेइङ ११ मा फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ रहेका छन्।
भदौ १३, २०८० बुधबार १५:१२:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।