पाकिस्तानसँगको खेलमा नेपाल टस हारेर पहिला बलिङ गर्दै
काठमाडौं : एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगको खेलमा टस हारेर पहिला बलिङ गर्ने भएको छ।
मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो।
१६ औँ संस्करणको एसिया कप आजदेखि शुरु भएको हो।
एसिया कप यही ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ। समूह ’ए’ मा नेपाल, भारत र पाकिस्तान छन्। समूह ’बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन्।
नेपालले गएको वैशाखमा घरेलु मैदान कीर्तिपुरमा एसीसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेल्न लागेको हो।
नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो।
नेपालको प्लेइङ–११
कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी।
पाकिस्तानको प्लेइङ–११
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ।
भदौ १३, २०८० बुधबार १५:०६:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।