नेपाल ल्युब आयल लिमिटेडले डिलर सेल्स एक्जेक्युटिम मिट सम्पन्न
काठमाडौँ : गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले डिलर सेल्स एक्जेक्युटिभ मिटको आयोजना गरेको छ।
कार्यक्रम पोखरामा आयोजना गरिएको थियो। कार्यक्रममा नेपालभरका ५० भन्दा धेरै डिलर सेल्स एक्जेक्युटिभहरु सहभागी थिए।
डिलर सेल्स एक्जेक्युटिभ मिट २०८० ती कार्यक्रममध्ये सबैभन्दा महत्त्वपूर्ण भएको कम्पनीले जनाएको छ। सो मिटमा प्राविधिक र बिक्री प्रशिक्षण, बजारको वर्तमान अवस्थाको बारे छलफल, कम्पनीको प्रणाली र प्रक्रियाबारे कार्यशाला तथा प्रडक्ट प्रशिक्षण दिइएको थियो
नेपाल ल्युब आयल लिमिटेडका महाप्रबन्धक गंगा राज भट्टराईका सेल्स टिम लुब्रिकेन्ट मार्केटमा सबै भन्दा राम्रो भएको बताए। एक प्रशिक्षित सेल्स एक्जेक्युटिभले ग्राहकहरूलाई आफ्नो लुब्रिकेन्टको आवश्यकता पूरा गर्न राम्रो मद्दत गर्ने बताए। उनले ब्रान्ड भ्यालु र बिक्री बढाउन मद्दत गर्ने बताए।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ।
भदौ १३, २०८० बुधबार १४:२४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।