६० किलो सुन तस्करी प्रकरणः थप एक जना पक्राउ

६० किलो सुन तस्करी प्रकरणः थप एक जना पक्राउ

काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले थप एक जनालाई पक्राउ गरेको छ। 

सुन तस्करी प्रकरणमा संलग्न भएको प्रमाणका आधारमा पाल्पाका गणेश पौडेललाई सिआईबी ले पक्राउ गरेको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ६० किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट नियन्त्रणमा लिएको थियो। 

उक्त प्रकरणमा पक्राउ पर्नेको सख्या पौडेलसहित २४ पुगेको छ। यस अगाडि प्रहरीले चिनिया र भियतनामीसहितको समूह नै पक्राउ गरिसकेको छ।

प्रारम्भमा यसबारे राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई केस हस्तान्तरण गरेको थियो। अहिले यसबारे ब्युरोले अनुसन्धान गरिरहेको छ।

सु्न तस्करीमा अन्तराष्ट्रिय सञ्जाल संलग्न देखिएपछि प्रहरीले अनुसन्धानमा सहयोगका लागि प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलसँग समेत पत्राचार गरिसकेको छ।

भदौ १३, २०८० बुधबार १३:२३:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।