माछापुच्छ्रे बैंकले सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने
काठमाडौं : माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने भएको छ।
भाद्र १३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्ष (२०७९÷८०) को खुद मुनाफाबाट सेयरधनीहरुलाई चूक्तापूँजीको १४ प्रतिशत (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हो।
बैंकले उक्त लाभांशलाई नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामि बार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने जानकारी दिएको छ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ्ग सेवा पुर्याउने उद्धेश्यका साथ बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
भदौ १३, २०८० बुधबार १२:५५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।