सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल जारी

सभामुख घिमिरे र संसदीय समितिका सभापतिबीच छलफल जारी

काठमाडौं : सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरुबीचको छलफल जारी छ।

सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुबीच समितिका कामकारबाही र समितिमा विचाराधीन विधेयकहरुबारे छलफल भैरहेको छ। 

भदौ ११ गते प्रतिनिधि सभाको १० वटा विषयगत समितिको सभापतिहरु सर्वसम्मत रुपमा चयन भएका थिए।

सभापतिसँगको सभामुखको छलफलमा एकीकृत समाजवादीका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव बाहेक सबै बिषयगत समितिका सभापतिको उपस्थिति रहेको छ।

भदौ १३, २०८० बुधबार १२:२६:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।