एसिया कपका कारण विद्युत् प्राधिकरणले सार्यो सटडाउनको तालिका

एसिया कपका कारण विद्युत् प्राधिकरणले सार्यो सटडाउनको तालिका

काठमाडौं : बुधबार हुन लागेको एसिया कपका कारण नेपाल विद्युत् प्राधिकरण उर्लावारी वितरण केन्द्रले सटडाउनलाई एक दिन पछि सारेको छ।

बुधबार बिहान सूचना निकालेर केन्द्रले एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने समयमा सटडाउन भएकाले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै सटडाउन एक दिन पछि सारिएको उर्लावारी वितरण केन्द्रका सुपरभाइजर विनोद शाहले पुष्टि गरे।

सटडाउन सरेकाे सूचना

सूचनामा भनिएको छ, ‘यस नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्र अन्तर्गत तपसिलमा उल्लेख गरिएको स्थानहरुमा आज हुने विद्युत आपुर्ति बन्दको समयमा एसिया कप क्रिकेट अन्तर्गत नेपाल र पाकिस्तानबीच खेल हुने भएकोले नेपाली जनताको खेलप्रतिको चासोलाई मध्यनजर गर्दै उक्त सटडाउन तालिका परिवर्तन गरी भदौ १४ गतेका लागि तपशिल अनुसार हूने व्यहोरा जानकारी गराइन्छ।’

यसअघि केन्द्रले बुधबार उर्लाबारी सबस्टेशनमा नयाँ १६ एमभीएकको पावर ट्रान्सफर्मर जडान र सीटी अपग्रेडिङ कार्य गर्नुपर्ने भएको भन्दै उर्लाबारी नगरपालिकाका १, २, ३ र ४ नम्बर वडा, मिक्लाजुङ गाउँपालिकाका १, २, ३, ४ र ५ नम्बर वडा तथा पथरी शनिश्चरे नगरपालिकाका सबै क्षेत्रमा दिउँसो २ बजेदेखि ६ बजेसम्म सडडाउन हुने जनाएको थियो।

सटडाउन गर्ने भनिएको पहिलो सूचना

भदौ १३, २०८० बुधबार १२:१७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।