अरिङ्गालले चिलेर एक जनाको ज्यान गयो

अरिङ्गालले चिलेर एक जनाको ज्यान गयो

काठमाडौं : स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको ज्यान गएको छ। 

जिल्लाको बिरूवा गाउँपालिका–१ किचनासका २८ वर्षीय चेलिस श्रेष्ठको अरिङ्गालले चिलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।

मङ्गलवार साँझ घर नजिकै जङ्गलमा अरिङ्गाल पोल्ने क्रममा घाइते भएका श्रेष्ठलाई गण्डकी मेडिकल कलेज पोखरा पठाएकोमा राति नै ज्यान गएको उनले बताए।

श्रेष्ठलाई अन्दाजी ६०/७० वटा अरिङ्गालले चिलेको बताइएको छ।

भदौ १३, २०८० बुधबार ११:३६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।