जनकपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो

जनकपुर उडेको बुद्ध एयरको जहाज बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौं : काठमाडौंबाट जनकपुर उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइएको छ।

बुधबार बिहान काठमाडौंबाट जनकपुरका लागि उडान भरेको बुद्ध एयरको उडान नम्बर 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएपछि बीच आकाशबाटै काठमाडौं फर्काइएको बुद्ध एयरले जनाएको छ।

काठमाडौं फिर्ता ल्याइएको जहाजका सबै यात्रुलाई अर्कै जहाजमा जनकपुर उडाएको छ भने उक्त जहाजको प्राविधिक जाँच भइरहेको बुद्ध एयरले जनाएको छ। 

बुद्ध एयरले आज यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ।

काठमाडौंबाट जनकपुर उडान नं. 501, जहाज 9N-AJO मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ । सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन् । यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।

— Buddha Air (@AirBuddha) August 30, 2023

भदौ १३, २०८० बुधबार ११:१६:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।