सुनको मूल्य भदौ महिनाकै उच्च विन्दुमा

सुनको मूल्य भदौ महिनाकै उच्च विन्दुमा

काठमाडौं : सुनचाँदीको मूल्य भदौ महिनाकै उच्च विन्दुमा पुग्यो।

मंगलबार तुलनामा बुधबार मूल्य बढेसँगै मूल्य भदौ महिनाकै उच्च विन्दुमा पुगेको हो।

बुधबार सुनको मूल्य ८ सय रुपैयाँ प्रतितोला बढेर छापावाल सुन १ लाख १२ हजार ५ सय र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भयो।

चाँदीको मूल्य पनि मंगलबारको तुलनामा बुधबार प्रतितोला २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ पुग्यो।

यस महिनामा सबैभन्दा बढी मूल्य मंगलबार कायम भएको थियो।

मंगलबार सुनको मूल्य १ लाख ११ हजार ७ सय रुपैयाँ पुग्दा चाँदीको मूल्य १ हजार ४६५ रुपैयाँ थियो।

भदौ १३, २०८० बुधबार ११:०८:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।