एसिया कपबाट बाहिरिए बंगलादेशका स्टार ब्याट्सम्यान लिट्टन दास
काठमाडौं : प्रतियोगिताको पहिलो दिन नै बंगलादेशका स्टार विकेटकिपर ब्याट्सम्यान लिट्टन दास एसिया कपबाट बाहिरिएका छन्।
भाइरल ज्वरोबाट निको हुन नसकेपछि २०२३ को एसिया कपबाट उनी बाहिरिएका हुन्।
पल्लेकेलेमा हुने बंगलादेशको उद्घाटन खेलका लागि उनी श्रीलंका गएका थिएनन्। बंगलादेशले आफ्नो पहिलो खेल बिहीबार श्रीलंकासँग खेल्दैछ।
बंगलादेश क्रिकेट बोर्डको राष्ट्रिय छनोट प्यानलले उनको स्थानमा ३० वर्षीय विकेटकिपर ब्याट्सम्यान अनमुल हक विजयलाई खेलाउने निर्णय गरेको छ।
विजयले बुधबार नै श्रीलंकाका लागि प्रस्थान गरिसकेका छन्। उनले आजै टिम ज्वाइन गर्नेछन्।
४४ ओडिआई खेलेका विजयले तीन शतक सहित १२५४ रन बनाएका छन्। उनले पछिल्लो पटक गत वर्ष डिसेम्बरमा भारतविरुद्धको घरेलु शृंखलामा एकदिवसीय खेल खेलेका थिए।
बंगलादेशी टोलीः शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, अफिफ हुसैन ध्रुबो, मेहिदी हसन मिराज, तस्किन अहमद, हसन महमुद, मुस्ताफिजुर रहमान, शोरिफुल इस्लाम, नसुम अहमद, शाक ना महेदी, शाक ना महेदी, शमीम हुसेन, तान्जिद हसन तमिम, तान्जिम हसन साकिब, अनमुल हक विजय
भदौ १३, २०८० बुधबार १०:४७:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।