समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय सन्देश सभा स्थगित

समाजवादी मोर्चाको सुदूरपश्चिम स्तरीय सन्देश सभा स्थगित

काठमाडौं : समाजवादी मोर्चालले धनगढीमा आयोजना गर्ने भनेको सन्देशसभा स्थगित भएको छ।

मोर्चाले एक प्रेस विज्ञप्ति निकालेर धनगढीमा हुने भनेको सन्देश सभा स्थगित भएको जनाएको हो।

मोर्चाका सदस्य सचिव प्रमेश हमालले जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिम प्रदेश स्तरीय सभा स्थगित भएको बताउँदै उक्त स्थानमा आयोजना हुने कार्यक्रमको मिति छिट्टै जानकारी गराइने उल्लेख गरेका छन्।

मोर्चाले देशका सातै प्रदेशमा प्रदेशस्तरीय सन्देश सभाको आयोजना गर्ने निर्णय गरेको थियो।

त्यसअनुरुप मंगलबार लुम्बिनी प्रदेश स्तरीय सन्देश सभा आयोजना गरिएको थियो। मोर्चाले भदौ १५ गते पोखरामा गण्डकी प्रदेश स्तरीय सन्देश सभाको आयोजना गर्दैछ।

भदौ १३, २०८० बुधबार १०:३४:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।